Dedicated to frontline nurses and doctors 🙏❤️



कहिले सम्म रहनेछ , भन्न सकिन्न यो कहर ।
तिमीलाई चौबिसै घण्टा खटिँदा , कहाँ पो छ र रहर ।।
आखिर कहिले सम्म अनिधो बस्छौ तिमी पनि।
कोरोनको बोझ बोकेका छौ , न भोक न थकान मानी।।
आश हराउदाँ, मन डराउदाँ, लिन्छु तिम्रै नाम।
तिम्रै कारण यो महामारी , हुनेछ है रोकथाम।।
सुनेको थिए , कसै कसैले तिमीलाई होच्याउछन् अरे।
नआत्तिएउ तिमी , आजकाल त भगवानसँग पनि चिच्याउँछन् अरे।।
अरूको मात्र ख्याल गरेर , आफ्नै ख्याल गर्न बिर्सिने तिमी।
मुखभरि त्यो डाम सहेर , अनन्त लडाइँ पनि जुध्ने तिमी।।
जटिल छ अवस्था , ख्याल राख्नु तिमी पनि।
हामी सबै तिम्रो साथमा , पीर नगर्नु कत्ति पनि।।

By Prajjwal Paudel ( a WRCian )

For more , keep in touch with eduguidenep.blogspot.com

Post a Comment

Post a Comment (0)

Previous Post Next Post