Dedicated to enginner

 #कविता

होटलको कुनाबाट इन्जिनियर


एक पाईप कार्बनमोनोअक्साइड

र एक गिलास इथाइल अल्कोहललाई

साथी बनाउँदै

साइटबाट लखतरान भई

बसेको छु

होटलको कुना तिरको साइडमा


बजाउन नआउने बाजा

खेल्न नआउने खेल

भन्न नआउने भाषण

गर्ने नआउने प्रेम

नाच्न नआउने नृत्य

कोर्न नआउने कला

लेख्न नआउने कविता

सबै

सधैका लागि सिकाएको छ

ईन्जिनियरिङ्गले 

र बनाएको छ अभूतपूर्व मानव

थपिदिएको छ

बुबाले राखिदिएको नाम भन्दा अगाडि

मेरो आठौ आश्चर्य

इआरको ताज💫


बनाउँनुछ मैले विकासको बाटो

समाजमा तीन तिर फर्किएका

थेडोलाइटका खुट्टाहरुलाई सन्तुलनमा ल्याई

कोर्नु छ देशको नयाँ नक्सा

पुराना पेन्सिलहरुलाई तिखारी

नवयुगका स्केलहरुको सहायताले

Tan 90⁰ मा चलेका युवाका पाइलाहरूलाई 

Cot 90⁰ मा परिवर्तन गर्नु छ ।

अनवरत बगिरहेको मेरी मायालुको

जवानीलाई रोक्न 

बनाउँनु छ ड्याम

आफू भन्दा पनि अग्लो


जिम्मेवारीका भारीहरुलाई

केही हलुका बनाउन

पसेको छु होटल भित्र

र बसेको छु एउटा कुनामा

पाइप र पानीलाई साथी बनाउँदै

हर क्षणलाई आफ्नो झै मनाउँदै

किनकी

हर बखत मलाई यो

समाज, समय र सानुले

सोध्ने गर्छन्

इन्जिनियर साब के चलिरहेको छ?


-ई. महेश चौलागाइ ( SOE, Pokhara University)

Post a Comment

Post a Comment (0)

Previous Post Next Post